आपूर्तिकर्ता (सप्लायर्स) प्रतिवेदन
बटुली को सप्लायर्स प्रतिवेदनहरूले तपाईंलाई खरिद, भुक्तानी तथा बाँकी रकमको निगरानी गर्न सहयोग पुर्याउँदछ । आपूर्ति श्रृङ्खलामा पारदर्शिता र नियन्त्रण कायम राख्दै, सप्लायर्ससँग सशक्त सम्बन्ध निर्माण गर्न सक्नुहुन्छ ।
१. आपूर्तिकर्ता खरिद इतिहास
प्रत्येक सप्लायर्स बाट गरिएका सबै खरिदहरूको विस्तृत अभिलेख हेर्न सकिन्छ, जसमा मिति, चलानी नम्बर तथा रकम समावेश हुने गर्दछ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Supplier Name | आपूर्तिकर्ता(सप्लायर्स )को नाम (Name of the supplier ) |
| Invoice Number | प्रत्येक खरिदको सन्दर्भ नम्बर (Reference number for each purchase) |
| Purchase Date | खरिद भएको मिति (Date of purchase) |
| Products Purchased | खरिद गरिएका वस्तु वा सेवाहरूको सूची वा संख्या (List or count of products/services bought) |
| Total Amount | सम्पूर्ण खरिद रकम (Total purchase amount) |
| Payment Status | पूर्ण भुक्तानी, आंशिक भुक्तानी वा बाँकी रहेको स्थिति (Paid in full, partial payment, or due) |
२. आपूर्तिकर्ता खाता सारांश
प्रत्येक सप्लायर्सको खाता विवरण हेर्न सक्नुहुन्छ, जसमा कुल खरिद, गरिएका भुक्तानीहरू तथा बाँकी रकम समावेश भएको हुँदछ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Supplier Name | आपूर्तिकर्ता (सप्लायर्स ) को नाम (Name of the supplier) |
| Total Purchases | गरिएका सबै खरिदहरूको योगफल (Sum of all purchases) |
| Total Payments | गरिएका सबै भुक्तानीहरूको योगफल (Sum of all payments made) |
| Total Due | तिर्न बाँकी रहेको रकम (Outstanding amount owed) |
३. आपूर्तिकर्ता गतिविधि प्रतिवेदन
खरिदको आवृत्ति ट्र्याक गरी सबैभन्दा सक्रिय सप्लायर्सहरू पहिचान गर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Supplier Name | आपूर्तिकर्ता (सप्लायर्स) को नाम (Name of the supplier) |
| Number of Purchases | गरिएका खरिद कारोबारहरूको कुल संख्या (Total number of purchase transactions) |
| Last Purchase Date | सबैभन्दा पछिल्लो खरिदको मिति (Most recent purchase date) |
| Average Purchase Value | प्रत्येक खरिदमा खर्च गरिएको औसत रकम (Average amount spent per purchase) |
४. क्रेडिट तथा बाँकी प्रतिवेदन
तिर्न बाँकी चलानीहरू तथा अपूर्ण भुक्तानीहरू पहिचान गरी व्यवस्थापन गर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Supplier Name | आपूर्तिकर्ता (सप्लायर्स) को नाम (Name of the supplier) |
| Invoice Number | तिर्न बाँकी चलानीको सन्दर्भ नम्बर (Reference number for unpaid invoices) |
| Invoice Date | चलानी जारी गरिएको मिति (Date of invoice) |
| Due Amount | तिर्न बाँकी रहेको रकम (Amount outstanding) |
| Due Date | भुक्तानी गर्नुपर्ने अन्तिम मिति (Date payment is due) |
आपूर्तिकर्ता प्रतिवेदनहरू किन महत्वपूर्ण छन् त
बटुली को सप्लायर्स प्रतिवेदनहरूले तपाईंलाई निम्न कुराहरू दर्स्याउँदछ :
- खरिद इतिहास तथा सप्लायर्ससँगको अन्तरक्रिया स्पष्ट रूपमा हेर्न सक्ने सुविधा प्रदान गदर्छ।
- भुक्तानी तथा बाँकी रकम सजिलै ट्र्याक गर्न सकिन्छ, जसले नगद प्रवाह सन्तुलनमा सहयोग पुर्याउँदछ।
- सप्लायर्स संलग्नताबारे जानकारी प्राप्त गरी राम्रो सम्झौता तथा योजना बनाउन सक्नुहुन्छ ।
- आपूर्ति श्रृङ्खला प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ, जसले मौज्दात सकिने वा ढिलाइ हुने अवस्थाबाट बचाउँदछ।
बटुली सँग, सप्लायर्स व्यवस्थापन अझ स्मार्ट बनाउनुहोस् र आफ्नो व्यवसायलाई सहज रूपमा सञ्चालन गर्नुहोस्।