Skip to content

नाफा तथा वित्तीय प्रतिवेदन

बटुली को नाफा तथा वित्तीय प्रतिवेदनहरूले तपाईंको व्यवसायको वित्तीय अवस्थाको स्पष्ट चित्रण गर्दछ, जसले दीर्घकालीन वृद्धिका लागि सूचित निर्णय लिन सहयोग पुर्‍याउँदछ।


१. नाफा तथा घाटा विवरण

चयन गरिएको अवधिमा तपाईंको आम्दानी, लागत तथा खर्चहरूको सारांश, जसले कुल नाफा वा घाटा देखाउँदछ।

Column (स्तम्भ)Description (विवरण)
Periodप्रतिवेदनको मिति दायरा (Date range for the report)
Total Salesनगद तथा क्रेडिटसहितको सम्पूर्ण बिक्री (Sum of all sales (cash and credit))
Cost of Goods Soldउत्पादन खरिदसँग सम्बन्धित प्रत्यक्ष लागतहरू (Direct costs related to product purchases)
Gross Profitकुल बिक्री घटाइ बिक्री वस्तुको लागत (Total Sales minus Cost of Goods Sold)
Operating Expensesभाडा, तलब, बिजुली आदिका खर्चहरू (Expenses like rent, salaries, utilities, etc.)
Net Profit / Lossस्थूल नाफा घटाइ सञ्चालन खर्चहरू (Gross Profit minus Operating Expenses)

२. बिक्री बनाम खर्च विश्लेषण

कुल बिक्री र कुल खर्चको तुलना गरी नाफाको प्रवृत्ति बुझ्न सहयोग गदर्छ।

Column (स्तम्भ)Description (विवरण)
Periodविश्लेषणको समय सीमा (Timeframe for the analysis)
Total Salesउत्पन्न भएको कुल आम्दानी (Total revenue generated)
Total Expensesसञ्चालनसँग सम्बन्धित सम्पूर्ण खर्चहरू (Total operational expenses)
Profit Marginबिक्रीको सन्दर्भमा नाफाको प्रतिशत (Percentage of profit relative to sales)

३. नगद प्रवाह प्रतिवेदन

नगद भित्रिने र बाहिरिने विवरणको सारांश, जसले तपाईं को व्यवसायमा नगदको गति देखाउँदछ।

Column (स्तम्भ)Description (विवरण)
Periodप्रतिवेदनको मिति दायरा (Date range )
Cash Inflowsबिक्री, ऋण आदि मार्फत प्राप्त नगद (Cash received from sales, loans, etc.)
Cash Outflowsखरिद, तलब आदि भुक्तानीका लागि खर्च गरिएको नगद (Payments for purchases, salaries, etc.)
Net Cash Flowआगमन र निर्गमनको अन्तर (Difference between inflows and outflows)

४. खर्च विवरण

सबै खर्चहरूलाई श्रेणी अनुसार वर्गीकृत गरी लागत घटाउने सम्भावनाहरू पहिचान गर्न सहयोग गदर्छ।

Column (स्तम्भ)Description (विवरण)
Expense Categoryभाडा, बिजुली, बजार प्रचार, तलब आदि (Rent, utilities, marketing, salaries, etc.)
Amountसो श्रेणीमा खर्च गरिएको कुल रकम (Total spent in the category)
Percentage of Totalकुल खर्चको सन्दर्भमा सो श्रेणीको प्रतिशत (Percentage of total expenses )

५. मौज्दात मूल्यांकन प्रतिवेदन

खरिद लागतको आधारमा मौज्दातको कुल मूल्य गणना गर्न प्रयोग हुँदछ ।

Column (स्तम्भ)Description (विवरण)
Product Nameमौज्दातमा रहेको वस्तुको नाम (Name of the inventory item)
Quantity in Stockहाल उपलब्ध एकाइ संख्या (Units currently available)
Cost per Unitप्रति एकाई खरिद लागत (Purchase cost per unit)
Total Valueमात्रा गुणा प्रति एकाई लागत (Quantity multiplied by cost per unit)

नाफा तथा वित्तीय प्रतिवेदनहरू किन महत्वपूर्ण छन् त

  • व्यवसायको नाफा स्पष्ट रूपमा बुझ्न सकिन्छ।
  • स्वस्थ सञ्चालनका लागि नगद प्रवाह ट्र्याक गर्न सकिन्छ।
  • खर्च घटाउने सम्भावनाहरू पहिचान गर्न सकिन्छ।
  • तथ्यमा आधारित वित्तीय निर्णय लिन सकिन्छ।
  • भविष्यको योजना बनाउन स्पष्ट वित्तीय दृश्यता प्राप्त हुन्छ।

बटुली ले तपाईंको वित्तीय डेटा सधैं अद्यावधिक र सजिलै पहुँचयोग्य बनाउँदछ, जसले स्मार्ट व्यवसायिक निर्णयहरू लिन सशक्ता पुर्याउँदछ ।