बाटुलीमा उपलब्ध प्रमुख सुविधाहरू
तपाईलाई व्यापार गर्न सजिलो होस भनेरै बाटुली बनाईएको हो। आउनुहोस् जानौं यस्का सुविधाहरू, आखिर के के छन त।
बिक्री व्यवस्थापन
- बिक्री भएको कुरा तुरुन्तै रेकर्ड गर्नसक्नुहुन्छ ।
- तत्कालै बिल वा रसिद छाप्न सक्नुहुन्छ ।
- सामान फिर्ता आए मा फिर्ता बिल दिनका साथै बिक्री फिर्ता सजिलै व्यवस्थित गर्नसक्नुहुन्छ ।
- तपाईले दैनिक, साप्ताहिक, मासिक अथवा तपाईको इच्छा अनुसारको बिक्री रिपोर्ट हेर्न/ट्रयाक गर्न सक्नुहुन्छ ।
खरिद व्यवस्थापन
- तपाईले खरिद गरेका सामान को विवरण सजिलै, टिपोट र व्यवस्थित गर्न सक्नुहुन्छ।
- आफुले खरिद गरेका सामाग्री को नमुना बिल तयार पारि प्रिन्ट पनि गर्न सक्नुहुन्छ ।
- तपाँईलाई यदि सामान फिर्ता गर्नु परेपनि, आवश्यक कागजात सहित खरिद फिर्ता सजिलै मिलाउन सक्नुहुन्छ ।
लेजर र लेखा प्रणाली
- ग्राहक लेजर : संपूर्ण कारोवारको विवरण हेर्ने मिल्नुका साथै साझा गर्न(सेयर) वा डाउनलोड पनि गर्नसक्नुहुन्छ ।
- आपूर्तिकर्ता (सप्लायर्स) लेजर: सामान किनेको अनि तिरेको वा तिर्नुपर्ने हिसाब सबै हेर्न सक्नुहुन्छ ।
- बाँकि रहेको रकम पनि सजिलै ट्रयाक गर्न सक्नुहुन्छ ।
स्टक र भण्डारण(इन्भेन्टरि) व्यवस्थापन
- सामान किनबेच गर्दैगर्दा स्टक पनि आफै घटबढ हुन्छ, त्यसलाई तपाईले आफैं मिलाई राख्नु पर्दैन ।
- कुन सामान कति बांकी छ भन्ने कुरा सजिलै थाहा पाउन सक्नुहुन्छ ।
- धेरै सामानहरू एकैचोटिमा अपलोड वा डाउनलोड सजिलै गर्न सक्नुहुन्छ ।
रिपोर्ट र यस्का आवश्यक पक्ष
- तपाईंले किन्ने, बेच्ने, कमाउने वा खर्च र अन्य सबै कुराको छुट्टाछुट्टै रिपोर्ट पाउन सक्नुहुन्छ ।
- चाहिएको रिपोर्टहरू डाउनलोड गरेर राख्न वा कसैसँग शेयर गर्न पनि सक्नुहुन्छ ।
- कुन मितिदेखि कुन मितिसम्मको रिपोर्ट हेर्ने भनेर तपाईंले आफैं निर्धारण गर्न सक्नुहुन्छ ।
व्यवसाय सेटअप र सुरु गर्ने प्रक्रिया
- कुनै कागजी प्रक्रिया बिना तुरुन्तै खाता खोल्न सक्नुहुन्छ ।
- नाम, मोबाइल नम्बर र कुन खालको पसल हो जस्ता आदि जानकारीहरू भरेपछि सबै सेटअप आफैं हुन्छ ।
- कम्प्युटर या प्राविधिक कुरा नजाने पनि सजिलै चलाउन सक्नुहुन्छ ।
पहुँच र आवश्यक उपकरण
- मोबाइल, डेस्कटप र ट्याब्लेटमा वेब ब्राउजरमार्फत सजिलै चलाउन सक्नुहुन्छ ।
- सबै डिभाइसमा मिल्ने गरी डिजाइन गरिएको छ त्यसैले चलाउन कुनै झन्झट व्यहोर्नु पर्दैन ।
सहयोग र मार्गदर्शन
- यदि तपाईलाई तुरुन्तै सहयोग चाहियो भने लाइभ च्याट प्रयोग गरेर हामि संग सिधै कुराकानी गर्न सक्नुहुन्छ ।
- आफ्नो बाटुली कसरी सेटअप गर्ने भन्ने जस्ता सामान्य कुरा एप बाटै सजिलै बुझ्न सक्नुहुन्छ ।
बाटुली समुदाय
- तपाई जस्तै अन्य बाटुली प्रयोगकर्ता व्यवसायीहरू संग जोडिनुहोस । जहाँ तपाईंले नयाँ अपडेट, व्यापार बढाउने उपाय र साथै साथ सहयोग पनि पाउनुहुनेछ ।
- तपाईंका सल्लाह सुझाव र अनुभवकै आधारमा नयाँ सुविधाहरू बनाइँदैछ ताकि तपाईंलाई आवश्यक पर्ने अन्य कुराहरूका लागि तपाईं अन्य कतै धाइ रहनु नपरोस ।
सेवा शुल्क र सुविधा
- तपाईंले अत्यन्तै सर्वसुलभ दरमा बटुली चलाउन सक्नुहुन्छ जुन तपाईंलाई VAT सहित मासिक रू १६९५ मै उपलब्ध हुनेछ।
- बाटुली २४ घन्टा ७ दिन चलिरहन्छ र त्यसका लागि तपाईंले अतिरिक्त शुल्क केही तिरी रहनु पर्दैन ।