मौज्दात (stock)/ सूची (Inventory) प्रतिवेदन
बटुली को मौज्दात तथा सूची प्रतिवेदनहरूले तपाईंलाई वास्तविक समयको मौज्दात अवस्थाबारे स्पष्ट जानकारी प्रदान गर्दछ , जसले तपाईंलाई अत्यधिक मौज्दात वा मौज्दात सकिने अवस्थाबाट बच्न सहयोग पुर्याउँदछ। एउटै स्थानबाट तपाईं ले सबै, उत्पादनहरूको आवागमन, मात्रा तथा मूल्यांकन ट्र्याक गरी सूची व्यवस्थापन प्रभावकारी रूपमा गर्न सक्नुहुन्छ ।
१. हालको मौज्दात स्थिति
सबै उत्पादनहरूको उपलब्ध सूचीको संक्षिप्त दृश्य हेर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Product Name | उत्पादनको नाम (Name of the product) |
| Category | उत्पादनको श्रेणी (Product category) |
| Unit | मापनको एकाई (थान, के.जी., लिटर आदि) (Unit of measurement (pcs, kg, liter, etc.)) |
| Opening Stock | प्रतिवेदन अवधिको सुरुआतमा रहेको मौज्दात मात्रा (Stock quantity at the beginning of the period) |
| Stock Added | खरिदमार्फत थपिएको मात्रा (Quantity added through purchases) |
| Stock Sold | बिक्री वा अन्य माध्यमबाट घटाइएको मात्रा (Quantity sold or removed via sales) |
| Stock Returned | बिक्री/खरिद फिर्ताबाट पुनः मौज्दातमा आएको मात्रा (Quantity returned to stock (sales/purchase returns)) |
| Closing Stock | हाल उपलब्ध मौज्दात मात्रा (Current available stock ) |
२. मौज्दात आवागमन प्रतिवेदन
मौज्दातको आगमन तथा निर्गमन ट्र्याक गरी सूची परिवर्तनको विस्तृत विश्लेषण गर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Date | मौज्दात आवागमन भएको मिति (Date of stock movement) |
| Product Name | आवागमनमा संलग्न उत्पादनको नाम (Product involved in the stock movement) |
| Transaction Type | खरिद, बिक्री, खरिद फिर्ता, बिक्री फिर्ता आदि (Purchase, Sale, Purchase Return, Sales Return) |
| Quantity | थपिएको वा घटाइएको मात्रा (Quantity added or removed) |
| Reference No. | चलानी वा कारोबार नम्बर (Invoice or transaction number) |
| Notes | अतिरिक्त टिप्पणी वा कारण (Additional comments or reasons) |
३. न्यून मौज्दात सूचना
पूर्वनिर्धारित न्यूनतम मौज्दात स्तरभन्दा तल पुगेका उत्पादनहरू पहिचान गरी मौज्दात सकिने अवस्थाबाट बच्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Product Name | उत्पादनको नाम (Name of the product) |
| Category | उत्पादनको श्रेणी (Product category) |
| Current Stock | हाल उपलब्ध मौज्दात मात्रा (Current available stock) |
| Minimum Stock Level | पूर्वनिर्धारित पुनः अर्डरको सीमा (Predefined minimum stock threshold) |
| Reorder Status | पुनः अर्डरको सिफारिस वा स्थिति (Status or recommendation to reorder) |
४. मौज्दात मूल्यांकन प्रतिवेदन
खरिद मूल्यको आधारमा हालको मौज्दातको कुल मूल्य मूल्यांकन गर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Product Name | उत्पादनको नाम (Name of the product) |
| Category | उत्पादनको श्रेणी (Product category) |
| Closing Stock | हाल मौज्दातमा रहेको मात्रा (Quantity currently in stock) |
| Purchase Price | प्रति एकाई खरिद मूल्य (Price per unit) |
| Total Stock Value | अन्तिम मौज्दात गुणा खरिद मूल्य (Closing Stock × Purchase Price) |
मौज्दात प्रतिवेदनहरूकिन महत्वपूर्ण छन् त
बटुली को मौज्दात प्रतिवेदनहरू प्रयोग गरेर तपाईंले निम्न कुराहरू गर्न सक्नुहुन्छ :
- उपयुक्त सूची स्तर कायम राख्न सक्नुहुन्छ र मौज्दात सकिने अवस्थाबाट बच्न सक्नुहुन्छ।
- उत्पादनको आवागमन सही रूपमा ट्र्याक गरी मागको प्रवृत्ति विश्लेषण गर्न सक्नुहुन्छ।
- न्यून मौज्दात भएका वस्तुहरू छिटो पहिचान गरी पुनः अर्डर प्रक्रिया स्वचालित गर्न सक्नुहुन्छ।
- मौज्दातको वित्तीय मूल्य निगरानी गरी नगद प्रवाह व्यवस्थापन सुधार गर्न सक्नुहुन्छ।
- वास्तविक डेटा आधारमा खरिद तथा बिक्री निर्णयहरू लिन सक्नुहुन्छ।
बटुली को प्रभावकारी सूची व्यवस्थापन प्रणालीमार्फत तपाईंको मौज्दात सन्तुलित रहन्छ र व्यवसाय सहज रूपमा सञ्चालन गर्न सक्नुहुन्छ ।