चेक प्रतिवेदन
चेकमार्फत हुने कारोबार व्यवस्थापन अब झन्झटिलो हुनेछैन किनकी बिक्री, खरिद वा फिर्तीको लागि अब बटुली ले तपाईंको व्यवसायले पठाएको वा प्राप्त गरेको प्रत्येक चेकलाईट्र्याक, प्रमाणित, र फलोअप गर्न सजिलो बनाउँदछ।
सारांश
चेक प्रतिवेदनले प्रणालीमा अभिलेख गरिएको सम्पूर्ण चेक भुक्तानीहरूको विस्तृत दृश्य प्रदान गर्दछ जसले गर्दा यसले निम्न कार्यहरूमा सहयोग पुर्याउँदछ:
- चेकको स्थिति निगरानी (पेन्डिङ, क्लियर, बाउन्स, रद्द)
- आउँदै गरेका चेकको म्यादमा नजर
- कुनै पनि चेक बेवास्ता वा मेलमिलापबिना नछुटोस् भन्ने सुनिश्चितता
यो प्रतिवेदन विशेष गरी स्थगित भुक्तानीमा संलग्न व्यवसायहरू वा वित्तीय अनुशासन कायम राख्न चाहनेहरूका लागि उपयोगी हुन्छ।
1. फिल्टर विकल्पहरू
- मिति दायरा (Date range): तोकिएको अवधिमा जारी/प्राप्त चेकहरू हेर्नुहोस्
- स्थिति(Status): पेन्डिङ, क्लियर, बाउन्स वा रद्द अनुसार छान्नुहोस्
- कारोबार प्रकार (Transaction type): बिक्री, खरिद, बिक्री फिर्ती, खरिद फिर्ती
- बैंकको नाम (Bank name) वा चेक नम्बर(Cheque number)
2. चेक प्रतिवेदन तालिका
| Date | Cheque No | Bank Name | Amount | Type | Status | Due Date | Linked Transaction |
|---|---|---|---|---|---|---|---|
| 2025-06-01 | 123456 | Nabil Bank | 10,000 | Sale | Pending | 2025-06-05 | #INV0012 |
| 2025-06-02 | 789123 | Global IME | 15,000 | Purchase | Cleared | 2025-06-07 | #PUR009 |
| 2025-06-03 | 456789 | NIC Asia | 8,000 | Sale | Bounced | 2025-06-08 | #INV0015 |
| 2025-06-04 | 321987 | Nabil Bank | 12,000 | Purchase | Cancelled | 2025-06-10 | #PUR011 |
3. स्थिति परिभाषा
- पेन्डिङ (Pending): चेक प्राप्त/जारी गरिएको तर अझै क्लियर नभएको
- क्लियर (Cleared): चेक सफलतापूर्वक प्रक्रिया पूर्ण भएको
- बाउन्स (Bounced): अपर्याप्त रकम वा त्रुटिका कारण चेक फिर्ता भएको
- रद्द (Cancelled): चेकलाई म्यानुअली रद्द गरिएको
4. कार्यहरू
- चेक क्लियर वा बाउन्स भएपछिको स्थिति अद्यावधिक (update) गर्नुहोस्
- आउँदै गरेका म्यादहरूको लागि स्मरण सेट (Set reminders) गर्नुहोस्
- मेलमिलाप वा अडिटको लागि चेक प्रतिवेदन डाउनलोड वा साझेदारी गर्नुहोस्
- एक्स.एल (Excel) वा पि.डि.याफ (PDF) मा निर्यात गर्नुहोस्
चेक प्रतिवेदन किन आवश्यक छ?
- व्यवस्थित रहन र नगद प्रवाह सम्बन्धी अनपेक्षित समस्याबाट बच्न का लागि
- भुक्तानी ढिलाइ समयमै पत्ता लगाउन का निम्ति
- अडिट वा विवादको समयमा प्रमाण प्रस्तुत गर्न का लागि
- आपूर्तिकर्ता तथा ग्राहकहरूसँग विश्वास निर्माण गर्न का निम्ति
बटुली सँग, परम्परागत भुक्तानी विधिहरू पनि आधुनिक स्पष्टता र आत्मविश्वासका साथ व्यवस्थापन गर्न सक्नुहुन्छ ।