Skip to content

वार्षिक प्रतिवेदन

बटुली को वार्षिक प्रतिवेदनले तपाईंको व्यवसायको वार्षिक प्रदर्शनको समग्र सारांश प्रदान गर्दछ जुन चाहिँ कर प्रयोजन, सरोकारवालासँगको समीक्षा, वा रणनीतिक योजना निर्माणका लागि उपयोगी हुने गर्दछ, यो प्रतिवेदनले सबै प्रमुख सूचकांकहरूलाई एकै स्थानमा स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत गर्दछ।

संक्षिप्त अवलोकन

बटुली को वार्षिक प्रतिवेदनले तपाईंको सञ्चालनको समग्र चित्रण प्रस्तुत गर्दछ, जसमा निम्न विषयहरू समावेश भएका हुनेछन्:

  • बिक्री तथा खरिद प्रवृत्तिहरू (Sales & Purchase trends)
  • नाफा तथा घाटाको सारांश (Profit and loss summary)
  • उत्कृष्ट प्रदर्शन गर्ने उत्पादनहरू तथा ग्राहकहरू (Top-performing products and customers)
  • बाँकी रहेका देनदारीहरू (Outstanding dues)
  • करको कुल रकम तथा भुक्तानी विवरणहरू

हस्तगत संकलन आवश्यक पर्ने छैन किनकी यो प्रतिवेदन स्वतः उत्पन्न हुन्छ र वर्षभरि वास्तविक समयमै अद्यावधिक गरिन्छ।

१. फिल्टर विकल्पहरू

  • वर्ष चयनकर्ता (Year Selector): कुनै पनि आर्थिक वा पात्रो वर्ष चयन गर्न सक्नुहुन्छ ।

२. वार्षिक प्रतिवेदन सारांश कार्डहरू

पृष्ठको माथिल्लो भागमा तुरुन्त जानकारीका लागि देखाइने छ:

  • कुल बिक्री (Total Sales)
  • कुल खरिद (Total Purchases)
  • सकल नाफा / खुद नाफा (Gross Profit / Net Profit)
  • कुल खर्च / छुटहरू (Total Expenses / Discounts)
  • कुल फिर्ता (बिक्री तथा खरिद) (Total Returns (Sales & Purchase))
  • प्रारम्भिक तथा अन्तिम मौज्दात मूल्य (Opening & Closing Stock Value)
  • बाँकी ग्राहक देनदारी (Outstanding Customer Due)
  • बाँकी आपूर्तिकर्ता भुक्तानी (Outstanding Supplier Payable)
  • संकलित करहरू (Collected Taxes)

३. विस्तृत तालिका खण्डहरू

क. बिक्री विवरण

MonthTotal SalesSales ReturnDiscountsNet SalesTax Collected
Jan2,50,00015,00010,0002,25,00025,000
..................

ख. खरिद विवरण

MonthTotal PurchasePurchase ReturnExpensesNet PurchaseTax Paid
Jan1,80,00010,0005,0001,65,00018,000

ग. नाफा सारांश

  • सकल नाफा (Gross Profit): बिक्री - वस्तु लागत (Sales - Cost of Goods Sold)
  • खुद नाफा(Net Profit):सकल नाफा - खर्च - फिर्ता - छुट (Gross Profit - Expenses - Returns - Discounts)

घ. शीर्ष ५ ग्राहकहरू

Customer NameTotal PurchaseDue Amount
Ramesh Traders1,20,00010,000

ङ. शीर्ष ५ उत्पादनहरू

Product NameUnits SoldTotal Revenue
Product A15075,000

च. कर सारांश

Tax TypeTotal CollectedTotal Paid
VAT1,25,00080,000
Service35,00020,000

४. कार्यहरू

  • PDF रूपमा डाउनलोड गर्नुहोस्
  • एक्स.एल (Excel) मा कच्चा डेटा (raw data) निर्यात गर्नुहोस्
  • लिंक वा इमेलमार्फत प्रतिवेदन साझा गर्नुहोस्
  • कर दाखिला, वर्षअन्त समीक्षा, वा व्यवसायिक योजना निर्माणका लागि प्रयोग गर्नुहोस्

वार्षिक प्रतिवेदन किन आवश्यक छ

  • एकीकृत दृष्टिकोण मा बार्षिक विवरण हेर्न
  • कर सिजन तथा वित्तीय विश्लेषण सरल बनाउँछ
  • लगानीकर्ता वा सरोकारवालासँगको प्रतिवेदनमा सहयोगी हुन्छ
  • वृद्धिको सम्भावना तथा सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्न मद्दत गर्दछ

बटुली सँग अब हतार होइन किनकी यो सधैं तयार, सधैं जानकारीमूलक हुन्छजसले गर्दा तपाईंको वार्षिक प्रदर्शन ट्र्याक गर्न अब वर्षअन्तको पर्खाई मा बस्नु पर्ने छैन ।