Skip to content

भुक्तानी विधि प्रतिवेदन

तपाईंको व्यवसायमा रकम कसरी भित्रिन्छ र बाहिरिन्छ भन्ने बुझ्न अत्यावश्यक हुन्छ। बटुली को भुक्तानी विधि प्रतिवेदन (Payment Method Report) ले सबै लेनदेनहरूलाई भुक्तानी विधि अनुसार स्पष्ट रूपमा वर्गीकृत गरी प्रस्तुत गर्दछ, जसले नगद प्रवाह निगरानी गर्न, खाताहरू मिलान गर्न तथा ग्राहक व्यवहार विश्लेषण गर्न सहयोग पुर्‍याउँदछ।

अवलोकन

यो प्रतिवेदनले बिक्री तथा खरिद सम्बन्धी सम्पूर्ण लेनदेनहरूलाई भुक्तानी प्रकार अनुसार सारांशमा प्रस्तुत गर्दछ, जसमा निम्न कुराहरू समावेश भएका छन्:

  • नगद (Cash)
  • बैंक स्थानान्तरण (Bank Transfer)
  • चेक (ट्र्याकिङ सहित) (Cheque (with tracking))
  • वालेट वा अन्य गेटवेहरू( Wallets or other gateways)
  • क्रेडिट/बक्यौता (Credit/Due)

यस प्रतिवेदनको प्रयोगले सङ्कलन, नगद व्यवस्थापन तथा प्राथमिक भुक्तानी विकल्पहरूबारे स्मार्ट निर्णय लिन सकिन्छ।


१. फिल्टर विकल्पहरू

  • मिति दायरा (Date range): कुनै विशेष दिन, महिना वा तपाईंले परिभाषित गरेको अवधि अनुसार हेर्न सक्नुहुन्छ
  • लेनदेन प्रकार (Transaction type): बिक्री, खरिद वा फिर्ती अनुसार फिल्टर गर्न सक्नुहुन्छ
  • भुक्तानी विधि (Payment method): नगद, चेक, बक्यौता, आंशिक, बैंक स्थानान्तरण आदि अनुसार फिल्टर गर्न सक्नुहुन्छ

२. भुक्तानी विधि सारांश

प्रत्येक विधिबाट सङ्कलित वा भुक्तानी गरिएको कुल रकम देखाउँदछ:

Payment MethodTotal Amount% of TotalTransaction Count
CashNPR 1,50,00060%50
Bank TransferNPR 40,00016%10
ChequeNPR 30,00012%5
DueNPR 20,0008%8
Partial PaymentNPR 10,0004%3

३. चेक आनुगमन (ट्र्याकिङ) (उप-प्रतिवेदन)

बटुली ले बिक्री तथा खरिद दुबैमा चेकमार्फत गरिएको भुक्तानी ट्र्याक गर्न सुविधा प्रदान गर्दछ। प्रत्येक चेकको निम्न विवरणहरू अभिलेख गरिन्छ:

DateCheque NoBank NameAmountStatusDue DateLinked Transaction
2025-06-01123456Nabil Bank10,000Pending2025-06-05Sale #INV0012
2025-06-02789123Global IME15,000Cleared2025-06-07Purchase #PUR009

स्थिति अन्तर्गत निम्न कुराहरु हुन सक्छ: क्लियर गरिएको (Cleared), पेंडिङ (Pending), बाउन्स भएको (Bounced), वा रद्द गरिएको (Cancelled).


४. कार्यहरू

  • PDF वा Excel मा सम्पूर्ण भुक्तानी विधि सारांश डाउनलोड गर्नुहोस्
  • टीम वा लेखापाल सँग प्रतिवेदन साझा गर्नुहोस्
  • बैंक मिलानका लागि फिल्टर गरिएको चेक प्रतिवेदन निर्यात गर्नुहोस्

भुक्तानी प्रतिवेदनहरू किन महत्वपूर्ण छन् त

  • दैनिक सङ्कलन तथा भुक्तानीहरूमा नियन्त्रण राख्न
  • जोखिमयुक्त वा ढिला हुने भुक्तानी विधिहरू (जस्तै: चेक, बक्यौता) पहिचान गर्न
  • क्रेडिट प्रस्ताव वा भुक्तानी नीतिहरू समायोजन गर्न सशक्त निर्णय लिन

बटुली सँग भुक्तानी विधि प्रक्रिया अब तपाईंको कार्यप्रवाहमै समाहित हुनेछ र साथै विस्तृत र सधैं तयार भएकाले ट्र्याकिङ प्रक्रिया छरपस्ट पनि हुनेछैन् ।