ग्राहक प्रतिवेदन
बटुली को ग्राहक प्रतिवेदनले तपाईंलाई ग्राहकहरूको खरिद व्यवहार, भुक्तानी ढाँचा, र समग्र सम्बन्धको स्पष्ट चित्र प्रदान गदर्छ। यसले तपाईंलाई बलियो सम्बन्ध निर्माण गर्न, क्रेडिट व्यवस्थापन गर्न, र आत्मविश्वासका साथ व्यवसाय विस्तार गर्न सहयोग पुर्याउँदछ।
१. ग्राहक खरिद इतिहास
प्रत्येक ग्राहकले गरेको खरिद, त्यसको मिति, रकम, र भुक्तानी स्थिति ट्र्याक गर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Customer Name | ग्राहकको पूरा नाम (Name of the customer) |
| Invoice Number | प्रत्येक बिक्रीको सन्दर्भ नम्बर (Reference number for each sale) |
| Date | खरिद भएको मिति (Date of purchase) |
| Products Purchased | खरिद गरिएका वस्तु वा सेवाहरूको सूची वा संख्या List or count of products/services bought |
| Total Amount | बिक्रीको कुल रकम (Total sale amount ) |
| Payment Status | पूर्ण भुक्तानी, आंशिक भुक्तानी, वा बाँकी रहेको (Paid in full, partial payment, or due) |
२. ग्राहक खाता सारांश
बाँकी रकम र प्राप्त भुक्तानीसहित प्रत्येक ग्राहकको खाता सन्तुलनको सारांश हेर्न सक्नुहुन्छ ।.
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Customer Name | ग्राहकको पूरा नाम (Name of the customer) |
| Total Sales | गरिएका सम्पूर्ण बिक्रीको योगफल (Sum of all sales made) |
| Total Payments | प्राप्त सम्पूर्ण भुक्तानीको योगफल (Sum of all payments received) |
| Total Due | बाँकी रहेको कुल रकम (Outstanding amount owed) |
३. ग्राहक गतिविधि प्रतिवेदन
ग्राहकहरूले कति पटक खरिद गर्छन् भन्ने विश्लेषण गर्नुहोस् र साथै सबैभन्दा वफादार ग्राहकहरू पहिचान गर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Customer Name | ग्राहकको पूरा नाम (Name of the customer) |
| Number of Purchases | गरिएका कुल खरिदहरूको संख्या (Total number of purchases made) |
| Last Purchase Date | सबैभन्दा पछिल्लो खरिदको मिति (Most recent purchase date) |
| Average Purchase Value | प्रत्येक खरिदमा खर्च गरिएको औसत रकम A(verage amount spent per purchase) |
४. क्रेडिट तथा बाँकी प्रतिवेदन
बाँकी भुक्तानी भएका ग्राहकहरू पहिचान गरी प्रभावकारी फलोअप व्यवस्थापन गर्न सक्नुहुन्छ ।
| Column (स्तम्भ) | Description (विवरण) |
|---|---|
| Customer Name | ग्राहकको पूरा नाम (Name of the customer) |
| Invoice Number | भुक्तानी नभएका चलानीहरूको सन्दर्भ नम्बर (Reference number for unpaid invoices) |
| Invoice Date | चलानी जारी गरिएको मिति (Date of invoice) |
| Due Amount | भुक्तानी गर्न बाँकी रहेको रकम (Amount outstanding) |
| Due Date | भुक्तानी गर्नुपर्ने अन्तिम मिति (Date payment is due) |
ग्राहक प्रतिवेदन किन आवश्यक छ ?
बटुली को ग्राहक प्रतिवेदनले तपाईंलाई निम्न कार्यहरूमा सहयोग पुर्याउँदछ:
- व्यक्तिगत खरिद इतिहास र भुक्तानी व्यवहार ट्र्याक गर्न सक्नुहुन्छ ।
- वफादार ग्राहकहरू पहिचान गरी उनीहरूको व्यवसायको सम्मान गर्न सक्नुहुन्छ ।
- बाँकी रकम प्रभावकारी रूपमा व्यवस्थापन गरी नगद प्रवाह सुधार गर्न सक्नुहुन्छ ।
- तथ्यमा आधारित मार्केटिङ तथा बिक्री निर्णयहरू लिन सक्नुहुन्छ ।
- ग्राहक गतिविधिको समयमै जानकारी प्राप्त गरी सेवा स्तर सुधार गर्न सक्नुहुन्छ ।
बटुली को ग्राहक अन्तर्दृष्टिका साथ, ग्राहकहरूसँग सशक्त रूपमा जोडिनुहोस् र आफ्नो व्यवसायलाई स्मार्ट तरिकाले विस्तार गर्नुहोस्।