Skip to content

चेक प्रतिवेदन

चेकमार्फत हुने कारोबार व्यवस्थापन अब झन्झटिलो हुनेछैन किनकी बिक्री, खरिद वा फिर्तीको लागि अब बटुली ले तपाईंको व्यवसायले पठाएको वा प्राप्त गरेको प्रत्येक चेकलाईट्र्याक, प्रमाणित, र फलोअप गर्न सजिलो बनाउँदछ।

सारांश

चेक प्रतिवेदनले प्रणालीमा अभिलेख गरिएको सम्पूर्ण चेक भुक्तानीहरूको विस्तृत दृश्य प्रदान गर्दछ जसले गर्दा यसले निम्न कार्यहरूमा सहयोग पुर्‍याउँदछ:

  • चेकको स्थिति निगरानी (पेन्डिङ, क्लियर, बाउन्स, रद्द)
  • आउँदै गरेका चेकको म्यादमा नजर
  • कुनै पनि चेक बेवास्ता वा मेलमिलापबिना नछुटोस् भन्ने सुनिश्चितता

यो प्रतिवेदन विशेष गरी स्थगित भुक्तानीमा संलग्न व्यवसायहरू वा वित्तीय अनुशासन कायम राख्न चाहनेहरूका लागि उपयोगी हुन्छ।


1. फिल्टर विकल्पहरू

  • मिति दायरा (Date range): तोकिएको अवधिमा जारी/प्राप्त चेकहरू हेर्नुहोस्
  • स्थिति(Status): पेन्डिङ, क्लियर, बाउन्स वा रद्द अनुसार छान्नुहोस्
  • कारोबार प्रकार (Transaction type): बिक्री, खरिद, बिक्री फिर्ती, खरिद फिर्ती
  • बैंकको नाम (Bank name) वा चेक नम्बर(Cheque number)

2. चेक प्रतिवेदन तालिका

DateCheque NoBank NameAmountTypeStatusDue DateLinked Transaction
2025-06-01123456Nabil Bank10,000SalePending2025-06-05#INV0012
2025-06-02789123Global IME15,000PurchaseCleared2025-06-07#PUR009
2025-06-03456789NIC Asia8,000SaleBounced2025-06-08#INV0015
2025-06-04321987Nabil Bank12,000PurchaseCancelled2025-06-10#PUR011

3. स्थिति परिभाषा

  • पेन्डिङ (Pending): चेक प्राप्त/जारी गरिएको तर अझै क्लियर नभएको
  • क्लियर (Cleared): चेक सफलतापूर्वक प्रक्रिया पूर्ण भएको
  • बाउन्स (Bounced): अपर्याप्त रकम वा त्रुटिका कारण चेक फिर्ता भएको
  • रद्द (Cancelled): चेकलाई म्यानुअली रद्द गरिएको

4. कार्यहरू

  • चेक क्लियर वा बाउन्स भएपछिको स्थिति अद्यावधिक (update) गर्नुहोस्
  • आउँदै गरेका म्यादहरूको लागि स्मरण सेट (Set reminders) गर्नुहोस्
  • मेलमिलाप वा अडिटको लागि चेक प्रतिवेदन डाउनलोड वा साझेदारी गर्नुहोस्
  • एक्स.एल (Excel) वा पि.डि.याफ (PDF) मा निर्यात गर्नुहोस्

चेक प्रतिवेदन किन आवश्यक छ?

  • व्यवस्थित रहन र नगद प्रवाह सम्बन्धी अनपेक्षित समस्याबाट बच्न का लागि
  • भुक्तानी ढिलाइ समयमै पत्ता लगाउन का निम्ति
  • अडिट वा विवादको समयमा प्रमाण प्रस्तुत गर्न का लागि
  • आपूर्तिकर्ता तथा ग्राहकहरूसँग विश्वास निर्माण गर्न का निम्ति

बटुली सँग, परम्परागत भुक्तानी विधिहरू पनि आधुनिक स्पष्टता र आत्मविश्वासका साथ व्यवस्थापन गर्न सक्नुहुन्छ ।