Skip to content

आवश्यक प्रणाली

बाटुली सबै का लागि बनाइएको हो त्यसैले यो जुनसुकै उपकरण प्रयोग गरेर चलाउन सकिन्छ (मोबाइल, ल्यापटप आदि) । यो चलाउन तपाईंलाई कुनै किसिमको प्राविधिक वा वित्तीय ज्ञानको आवश्यकता पर्दैन।

आवश्यक उपकरण (डिभाइस)

  • मोबाइल
  • ल्यापटप
  • डेस्कटप कम्प्युटर
  • यहाँसम्म कि तपाईँको पुरानो अफिसको कम्प्युटरमा पनि सजिलै चल्छ !

यदि तपाँईको डिभाइसमा (Chrome , Safari, Firefox वा Edge) छ भने त्यसमा बाटुली आनन्दले चल्छ । तपाईले कुनै नयाँ डिभाइस किन्नु पर्दैन र तपाईंलाई कुनै कम्प्युटर चलाउन जान्ने मान्छे को खाँचो पनि पर्दैन ।

प्रविधिक ज्ञान आवश्यक छैन

व्यापार चलाउनलाई रकेट बनाउँने कोड लेख्दै छु भन्ने खालको महसुस हुनुभएन भन्ने हाम्रो चाहना हो ।

दैनिक व्यापारको हिसाबकिताब ट्रयाक गर्न कुनै गार्हो कुरै छैन खासगरी बाटुली चलाएपछि त यो प्रश्नै उठ्दैन।
जहाँ आवश्यक छ त्यहाँ एकदमै स्मार्ट छ, र जहाँ महत्त्वपूर्ण छ त्यहाँ साह्रै सजिलो बनाईदिन्छ।

बाटुली यसरी डिजाइन गरिएको छ की तपाईं प्रविधि मा नयाँ हुनुहुन्छ वा खाता पानाबाट डिजीटल प्रणाली मा सर्दै हुनुहुन्छ जे भए पनि यो चलाउन तपाईंलाई पहिलो दिन देखि नै सहज महसुस हुनेछ।

यदि तपाँई फेसबुक चलाउनुहुन्छ भने बाटुली पनि आनन्दले चलाउन सक्नुहुन्छ । त्यति सजिलो छ बाटुली।


आवश्यक सामग्री

  • 🌐 इन्टरनेट पहुँच
  • ब्राउजर चल्ने डिभाइस (मोबाइल,ल्यापटप/डेस्कटप, वा ट्याबलेट त्यो तपाईंको रोजाइ)
  • अनि आफ्नो व्यवसाय बढाउने अठोट

त्यति मात्र !


अझै अन्योलमा 🤔?
थप केही आवश्यक परेमा एप बाटै जतिबेला पनि हामी संग च्याट गर्न सक्नुहुन्छ । हामी तपाईका लागि सधैं उपलब्ध हुने छौँ ।