Skip to content

बाटुली सुरु गर्न आवश्यक प्रारम्भिक चरणहरू

बाटुली मा हजुरलाई स्वागत छ। सजिलो दिगो अनि भरपर्दो तपाईंको आफ्नो व्यापार साहायक ।

अब कुनै प्राविधिक ज्ञान बिना नै तपाईंले छिटो र सजिलो ढङ्गले बाटुली चलाउन सक्नुहुन्छ । दैनिक कारोबार ट्र्याक गर्नु गाह्रो कुरा होइन,ति माथि बाटुली साथमा हुने बित्तिकै तपाईंले सबै प्रकारका व्यापारिक समस्या बाट सजिलै छुट्कारा पाउनुहुनेछ।


खाता खोल्ने प्रक्रिया

बाटुली प्रयोग गर्न का लागि , तलका चरणहरू पालना गर्नुहोस्:

  1. हाम्रो आधिकारिक वेबसाइटमा जानुहोस्: https://batuly.com

Batuly Homepage

  1. “Get Started” बटनमा थिच्नुहोस

Get Started Button

  1. तपाईंको व्यवसायको श्रेणी(क्याटागोरी) छान्नुहोस — खुद्रा, थोक, सेवा-आधारित वा अन्य

Business Category Selection

  1. सामान्य विवरण भर्नुहोस्:

    • व्यवसायको नाम
    • व्यवसाय स्वामीको नाम(आफ्नो नाम)
    • मोबाइल नम्बर
    • ईमेल ठेगाना

    Sign-Up Form

बस यति गर्ने बित्तिकै हजुरको काम सकियो । न त कुनै कागजी प्रक्रिया, न ढिलो होला भन्ने पिर,अनि न त कुनै टाउको दुखाई अब चलाउनुहोस् तपाईको बाटुली ढुक्क भएर

Loading Setup

तपाईले साइन अप(sign up) गर्ने बित्तिकै सामान बेच्ने काम देखि स्टक हिसाब राख्ने सम्म का काममा बाटुली ले तपाईलाई सजिलो बातावरण बनाईदिन्छ ।


साईन अप(sign up) प्रकिया सकिएपछि आखिर के हुन्छ त?

एक पटक तपाईं को अकाउन्ट बनिसकेपछि:

तपाईं बाटुली को गृहपृष्ठ (welcome screen) पुग्नु हुनेछ ।

  • तपाईंको ब्यक्तिगत बाटुली को लग ईन लिङ्क त्यहाँ देख्न सक्नुहुन्छ ।
  • तपाईंले त्यस लिङ्क लाई भविष्य मा पहुँच का निम्ति कपि गरेर सेभ गर्न सक्नुहुन्छ।

Welcome Dashboard

यो लिङ्क तपाईँको व्यवसायका लागि अनन्य (युनिक)हो जस्लाई तपाईंले आफ्नो डिजीटल अफिस भनेर पनि चिन्न सक्नुहुन्छ ।


ईमेल मार्फत तपाईंले लगइन विवरण (login credentials) पाउनुहुन्छ

  • लगइन स्विकृत भएपछि तपाईंलाई ईमेल मार्फत जानकारी गराइने छ ।
  • ईमेल मा समावेश भएका कुरा:
    • तपाईंको लगइन लिङ्क(login link)
    • तपाईंको ईमेल ठेगाना
    • तपाईंको पासवर्ड

यदि तपाईंले आफ्नो लिङ्क बिर्सनु भयो भने पनि,चिन्ता नलिनुहोस् batuly.com मा गएर लगइनमा(log in) क्लिक गर्नुहोस् त्याहाँ तपाईंले आफ्नो ईमेल मार्फत आफ्नो व्यवसाय लिङ्क पुनः प्राप्त गर्न सक्नुहुन्छ ।


सबै प्रकारका उपकरणमा अनुकूल

बाटुली पूर्ण रूपमा उत्तरदायी (responsive) छ र सबै स्क्रिन साइजहरूमा सहज ढङ्गले काम गर्छ ।

  • डेक्सटप कम्प्युटर,
  • ल्यापटप
  • ट्याबलेट
  • मोबाइल फोन

तपाईंले केही पनि डाउनलोड वा ईन्सटल गर्नु पर्दैन बस लगइन गर्नुहोस् अनि चलाउन थाल्नुहोस् ।


प्राविधिक सीप आवश्यक छैन

यदि तपाईं क्यालकुलेटर चलाउन जान्नु हुन्छ वा साथिभाई संग च्याट गर्न सक्नुहुन्छ भने, तपाईंले बाटुली सहजै चलाउनु हुन्छ ।

बाटुलीको इन्टरफेस सफा, सहज र प्रयोगमैत्री छ- जसले गर्दा तपाईंले आत्मविश्वासका साथ निम्न कुरा व्यवस्थापन गर्न सक्नुहुन्छ:

  • बिक्री र फिर्ता(Sales & returns)
  • खरिद र आपूर्तिकर्ताहरू(Purchases & suppliers)
  • स्टक/सामान व्यवस्थापन(Inventory)
  • खर्चहरू(Expenses)
  • ग्राहक र आपूर्तिकर्ताको लेजर(Customer and supplier ledgers)
  • प्रतिवेदनहरू(Reports)

सजिलो ढङ्गले व्यापार गरौँ, बाटुली संग अघि बढौं
ताकि व्यापार तपाईको पछि लागोस, तपाईं व्यापार को पछि हैन ।


तपाईंलाई साहायता को आवश्यकता परेमा प्लेटफर्म भित्रैबाट तपाईंले संदेश पठाउन सक्नुहुन्छ, हामी तपाईहरुको सेवामा सदैव समर्पित छौँ ।