युनिट ग्रुप (एकाइ समूह)
उत्पादनहरू थप्नु अघि, तपाईंका उत्पादनहरू कसरी नापिन्छन् भन्ने कुरा परिभाषित गर्नु महत्त्वपूर्ण हुन्छ। बाटुलीले यो कामलाई युनिट ग्रुप(Unit Groups) र युनिट(Units) प्रयोग गरेर व्यवस्थित गर्न मद्दत गर्दछ ।
युनिट ग्रुप बनाउने तरिका
युनिट ग्रुप अर्थात् तौल , लम्बाइ,परिमाण वा संख्या जस्ता नापका प्रकारहरू हुन भनेर बुझ्न सक्नुहुन्छ । यसले व्यवसायहरूलाई विभिन्न सामानहरूको स्टक एकै किसिमले ट्र्याक गर्न सजिलो बनाउँछ ।

युनिट ग्रुप पेजमा समावेश भएका कुराहरू:
- पहिल्यै सुचिमा भएका ग्रुपहरू: हाल भएका युनिट ग्रुप हेर्न सक्नुहुन्छ ।
- नयाँ समूह थप्ने बटन(New Group unit): क्लिक गर्दा नयाँ ग्रुप बनाउन फर्म खोल्ने छ ।
नयाँ युनिट ग्रुप बनाउनका लागि आवश्यक प्रक्रिया:

- Add Groupमा क्लिक गर्नुहोस्।
- समूहको नाम Group Nameलेख्नुहोस् (जस्तै: Weight)।
- Create मा क्लिक गरी युनिट समूह सिर्जना गर्नुहोस्, वा यदि तपाईंलाई एकभन्दा बढी समूह बनाउन आवश्यक छ भने Create and Create Another मा क्लिक गर्नुहोस्।
युनिट ग्रुपले मिल्ने युनिटहरू एउटै प्रकार अन्तर्गत व्यवस्थित गर्न मद्दत गर्दछ, उदाहरणका लागि, "Weight" अन्तर्गत kg, gm आदि समावेश गर्न सक्नुहुन्छ ।