Skip to content

आपूर्तिकर्ता (सप्लायर) व्यवस्थापन ​

खरिद प्रक्रिया सुचारु राख्नका लागि सहज ढंगले सप्लायर व्यवस्थापन गर्नु अत्यन्त आवश्यक हुन्छ । सहज र प्रयोगकर्ता-मैत्री इन्टरफेसमार्फत बाटुली ले तपाईंलाई एकै स्थानबाट सप्लायर थप्ने, वर्गीकरण गर्ने, ट्र्याक गर्ने, र भुक्तानी मिलाउने उपकरणहरू प्रदान गर्दछ ।


आपूर्तिकर्ता पृष्ठमा जानुहोस् ​

सुरु गर्न, साइडबारबाट Suppliers मेनुमा क्लिक गर्नुहोस्।

Sidebar - Supplier

यसले Supplier List पृष्ठ खोल्दछ, जहाँ पहिले थपिएका सबै सप्लायरहरू प्रदर्शित गरिएको हुने छ ।


आपूर्तिकर्ता सूची अवलोकन ​

Supplier List पृष्ठमा प्रणालीमा रहेका सबै सप्लायरहरूको पूर्ण विवरण देख्न सकिन्छ।

Supplier List Page

विशेषताहरू: ​

  • सप्लायर सम्पादन(Edit) वा हटाउने(Delete)
  • बाँकी भूक्तनि(Pay Due:) बाँकी रकम तुरुन्त भुक्तानी गर्न
  • लेजर(Ledger): प्रत्येक सप्लायरहरूको वास्तविक समयको लेजर हेर्न

नयाँ आपूर्तिकर्ता थप्ने प्रक्रिया: ​

एउटा आपूर्तिकर्ता थप्न, New Supplier बटनमा क्लिक गर्नुहोस्।

New Supplier Modal

आपूर्तिकर्ता कसरी थप्ने: ​

  • सप्लायर समूह (Suppier Group) चयन गर्नुहोस्
  • सप्लायरको नाम (Supplier Name)लेख्नुहोस्
  • VAT नम्बर (VAT Number) (ऐच्छिक)
  • फोन नम्बर(Phone)(ऐच्छिक)
  • ठेगानाs (Address)
  • तस्बिर अपलोड (Upload Image) गर्नुहोस् (ऐच्छिक)

एकपटक फारम भरिसकेपछि :

  • Create मा क्लिक गरी सेभ गर्नुहोस्
  • वा Create and Add Another प्रयोग गरी छिटो-छिटो धेरै सप्लायरहरू थप्न सक्नुहुन्छ

सप्लायरहरू एकैपटक धेरै(Bulk) इम्पोर्ट गर्नुहोस् ​

सहजताको लागि, तपाईं सबै सप्लायरहरू एकैपटक इम्पोर्ट गर्न सक्नुहुन्छ।

Bulk Import Supplier

प्रयोग विधि: ​

  1. Bulk Import मा क्लिक गर्नुहोस्
  2. नमुना एक्स.एल (Excel) फाइल डाउनलोड गर्नुहोस्
  3. सप्लायरहरू को विवरणहरू भर्नुहोस्
  4. पूरा भएको शीट अपलोड गर्नुहोस्

सप्लायरको बाँकी रकम भुक्तानी गर्न ​

प्रत्येक सप्लायरको नामसँगै Pay Due बटन देखिनेछ।

Pay Due Supplier

त्यसमा क्लिक गर्दा तपाईंले:

  • भुक्तानी रकम प्रविष्ट गर्न सक्नुहुन्छ
  • भुक्तानी विधि चयन गर्न सक्नुहुन्छ
  • बाँकी रकम तुरुन्तै मिलाउन सक्नुहुन्छ

सप्लायर लेजर हेर्नुहोस् ​

प्रत्येक सप्लायरको पंक्तिको दायाँपट्टि Ledger बटन उपलब्ध हुन्छ।

Supplier Ledger Page

यसले पूर्ण वित्तीय इतिहास प्रदान गर्दछ:

  • सबै खरिदहरू
  • गरिएका भुक्तानीहरू
  • खरिद फिर्ता
  • बाँकी रकमहरू

हरेक सप्लायरको विवरण छुट्टाछुट्टै हेर्न ​

कुनै पनि सप्लायर मा क्लिक गर्दा सप्लायरको विवरण पृष्ठ खुल्छ।

Supplier Detail Page

यो पृष्ठमा निम्न जानकारीहरू समावेश भएका छन्:

  • सो सप्लायरबाट प्राप्त भएका सबै खरिद बिलहरूको सूची
  • प्रत्येक बिल अनुसार बाँकी रहेको बक्यौता रकम
  • प्रत्येक खरिद बिलहरू भुक्तानी गर्ने सक्ने सुविधा
  • निम्न बुँदाहरूको पूर्ण सारांश:
    • कुल खरिद (Total purchases)
    • कुल भुक्तानी (Total payments)
    • फिर्ता गरिएका वस्तुहरू (Returns)
    • हालको मौज्दात( Current balance)

तपाईं को प्रत्यक कारोबार सजिलै ट्रैक गर्न र मिलाउनका साथै, बटुली मा सप्लायर व्यवस्थापन प्रणालीले तपाईंलाई विक्रेतासँगको विश्वास र पारदर्शिता कायम राख्न सहयोग गर्दछ ।