आपूर्तिकर्ता (सप्लायर) व्यवस्थापन
खरिद प्रक्रिया सुचारु राख्नका लागि सहज ढंगले सप्लायर व्यवस्थापन गर्नु अत्यन्त आवश्यक हुन्छ । सहज र प्रयोगकर्ता-मैत्री इन्टरफेसमार्फत बाटुली ले तपाईंलाई एकै स्थानबाट सप्लायर थप्ने, वर्गीकरण गर्ने, ट्र्याक गर्ने, र भुक्तानी मिलाउने उपकरणहरू प्रदान गर्दछ ।
आपूर्तिकर्ता पृष्ठमा जानुहोस्
सुरु गर्न, साइडबारबाट Suppliers मेनुमा क्लिक गर्नुहोस्।

यसले Supplier List पृष्ठ खोल्दछ, जहाँ पहिले थपिएका सबै सप्लायरहरू प्रदर्शित गरिएको हुने छ ।
आपूर्तिकर्ता सूची अवलोकन
Supplier List पृष्ठमा प्रणालीमा रहेका सबै सप्लायरहरूको पूर्ण विवरण देख्न सकिन्छ।

विशेषताहरू:
- सप्लायर सम्पादन(Edit) वा हटाउने(Delete)
- बाँकी भूक्तनि(Pay Due:) बाँकी रकम तुरुन्त भुक्तानी गर्न
- लेजर(Ledger): प्रत्येक सप्लायरहरूको वास्तविक समयको लेजर हेर्न
नयाँ आपूर्तिकर्ता थप्ने प्रक्रिया:
एउटा आपूर्तिकर्ता थप्न, New Supplier बटनमा क्लिक गर्नुहोस्।

आपूर्तिकर्ता कसरी थप्ने:
- सप्लायर समूह (Suppier Group) चयन गर्नुहोस्
- सप्लायरको नाम (Supplier Name)लेख्नुहोस्
- VAT नम्बर (VAT Number) (ऐच्छिक)
- फोन नम्बर(Phone)(ऐच्छिक)
- ठेगानाs (Address)
- तस्बिर अपलोड (Upload Image) गर्नुहोस् (ऐच्छिक)
एकपटक फारम भरिसकेपछि :
- Create मा क्लिक गरी सेभ गर्नुहोस्
- वा Create and Add Another प्रयोग गरी छिटो-छिटो धेरै सप्लायरहरू थप्न सक्नुहुन्छ
सप्लायरहरू एकैपटक धेरै(Bulk) इम्पोर्ट गर्नुहोस्
सहजताको लागि, तपाईं सबै सप्लायरहरू एकैपटक इम्पोर्ट गर्न सक्नुहुन्छ।

प्रयोग विधि:
- Bulk Import मा क्लिक गर्नुहोस्
- नमुना एक्स.एल (Excel) फाइल डाउनलोड गर्नुहोस्
- सप्लायरहरू को विवरणहरू भर्नुहोस्
- पूरा भएको शीट अपलोड गर्नुहोस्
सप्लायरको बाँकी रकम भुक्तानी गर्न
प्रत्येक सप्लायरको नामसँगै Pay Due बटन देखिनेछ।

त्यसमा क्लिक गर्दा तपाईंले:
- भुक्तानी रकम प्रविष्ट गर्न सक्नुहुन्छ
- भुक्तानी विधि चयन गर्न सक्नुहुन्छ
- बाँकी रकम तुरुन्तै मिलाउन सक्नुहुन्छ
सप्लायर लेजर हेर्नुहोस्
प्रत्येक सप्लायरको पंक्तिको दायाँपट्टि Ledger बटन उपलब्ध हुन्छ।

यसले पूर्ण वित्तीय इतिहास प्रदान गर्दछ:
- सबै खरिदहरू
- गरिएका भुक्तानीहरू
- खरिद फिर्ता
- बाँकी रकमहरू
हरेक सप्लायरको विवरण छुट्टाछुट्टै हेर्न
कुनै पनि सप्लायर मा क्लिक गर्दा सप्लायरको विवरण पृष्ठ खुल्छ।

यो पृष्ठमा निम्न जानकारीहरू समावेश भएका छन्:
- सो सप्लायरबाट प्राप्त भएका सबै खरिद बिलहरूको सूची
- प्रत्येक बिल अनुसार बाँकी रहेको बक्यौता रकम
- प्रत्येक खरिद बिलहरू भुक्तानी गर्ने सक्ने सुविधा
- निम्न बुँदाहरूको पूर्ण सारांश:
- कुल खरिद (Total purchases)
- कुल भुक्तानी (Total payments)
- फिर्ता गरिएका वस्तुहरू (Returns)
- हालको मौज्दात( Current balance)
तपाईं को प्रत्यक कारोबार सजिलै ट्रैक गर्न र मिलाउनका साथै, बटुली मा सप्लायर व्यवस्थापन प्रणालीले तपाईंलाई विक्रेतासँगको विश्वास र पारदर्शिता कायम राख्न सहयोग गर्दछ ।