Skip to content

सप्लायर समूह

सप्लायरहरूलाई तपाईंले आफ्नो आवश्यकताआनुरूप थोक विक्रेता, वितरक वा स्थानीय विक्रेता जस्ता श्रेणीहरूमा वर्गीकरण गर्न सक्नुहुन्छ। यसरी सप्लायर समूह बनाउँदा धेरै सप्लायरहरूलाई व्यवस्थापन गर्न उपयोगी हुन्छ, जसले गर्दा फिल्टर गर्न, प्रतिवेदन तयार पार्न र रेकर्ड राख्न सजिलो हुन्छ।


सप्लायर समूहमा जाने तरिका

सुरु गर्न, साइडबार नेभिगेसनबाट Purchase Management अन्तर्गतको Supplier Group मा क्लिक गर्नुहोस्।

Sidebar - Supplier Group

यसले Supplier Group पृष्ठ खुल्ने छ जहाँ तपाईंले पहिले बनाइएका सबै समूहहरूको सूची हेर्न सक्नुहुन्छ।


सप्लायर समूह पृष्ठको अवलोकन

Supplier Group पृष्ठमा तपाईंले निम्न कार्यहरू गर्न सक्नुहुन्छ::

  • तालिकाको रूपमा विद्यमान समूहहरू हेर्नु सक्नुहुन्छ
  • कुनै पनि समूह सम्पादन(Edit) वा हटाउन(delete) सक्नुहुन्छ
  • सजिलै नयाँ सप्लायर समूहहरू बनाउन सक्नुहुन्छ

Supplier Group Page


नयाँ सप्लायर समूह बनाउने तरिका

New Supplier Group बटनमा क्लिक गर्दा एउटा मोडल फारम खुल्छ जहाँ तपाईं समूहको नाम प्रविष्ट गर्न सक्नुहुन्छ।

Supplier Group Modal

बनाउने चरणहरू:

  1. New Supplier Groupमा क्लिक गर्नुहोस्
  2. Name फिल्ड भएको मोडल देखिन्छ
  3. चाहिएको समूहको नाम प्रविष्ट गर्नुहोस् (जस्तै: थोक विक्रेता (Wholesalers))
  4. विकल्प छान्नुहोस्:
    • Create मा क्लिक गरी सुरक्षित गरी फारम बन्द गर्नुहोस्
    • Create and Add Another मा क्लिक गरी फारम बन्द नगरी थप समूहहरू बनाउँदै जान सक्नुहुन्छ।

एकपटक समूह बनिसकेपछि, सप्लायर थप्दा वा सम्पादन गर्दा ती समूहहरू उपलब्ध हुनेछन्, जसले वर्गीकरण र व्यवस्थापन सजिलो बनाउँछ।


सप्लायर समूहहरू अनिवार्य होइनन्, तर यदि तपाईंको व्यवसायमा विभिन्न प्रकारका सप्लायरहरू छन् भने उपयोग गर्नु हुन सिफारिस गरिन्छ।