बिक्री सूची
बिक्री सम्पन्न भएपछि, बटुली ले तपाईंलाई सो कारोबारको समीक्षा गर्न तथा कुनै वस्तु वा सम्पूर्ण बिल छिटो र सही तरिकाले फिर्ता गर्न पूर्ण नियन्त्रण प्रदान गर्दछ। मूल्य निर्धारण त्रुटि, उत्पादन समस्या वा ग्राहकको निर्णय परिवर्तन जस्ता कारणले गर्दा तपाईंले बिक्री खण्डबाट सजिलै फिर्ता प्रक्रिया सञ्चालन गर्न सक्नुहुन्छ।
संपूर्ण बिक्री हेर्ने तरिका
सम्पन्न भएका बिक्रीहरू हेर्नको लागि साइडबारमा रहेको बिक्री Sales विकल्पमा क्लिक गर्नुहोस्।

- सबै पुराना बिक्री बिलहरूको सूची हेर्न सक्नुहुन्छ ।
- ग्राहक, बिल नम्बर वा मिति अनुसार खोजी तथा फिल्टर गर्न सक्नुहुन्छ ।
- कुल रकम, भुक्तानी विधि तथा स्थिति (जस्तै: भुक्ता, बाँकी) हेर्न सक्नुहुन्छ ।
व्यक्तिगत बिक्री विवरण हेर्ने तरिका
कुनै पनि बिलमा क्लिक गर्दा सो बिक्रीको पूर्ण विवरण खुल्छ।

यहाँ तपाईंले निम्न विवरणहरू हेर्न सक्नुहुन्छ:
- बिक्री भएका सबै वस्तुहरू, मूल्य, परिमाण (quantity) तथा छुट,
- भुक्तानी सारांश तथा लागु भएको कर (tax applied),
- बिल प्रिन्ट वा डाउनलोड गरी साझेदारी (share) वा अभिलेख राख्न(records) सकिने सुविधा
वस्तु फिर्ता गर्ने प्रक्रिया (एकल वस्तु फिर्ता)
एकल वस्तु फिर्ता गर्न:
- सम्बन्धित वस्तुको छेउमा रहेको वस्तु फिर्ता गर्नुहोस् Return Product बटनमा क्लिक गर्नुहोस् ।
- एउटा मोडल खुल्छ जहाँ तपाईंले:
- फिर्ता गर्नुपर्ने परिमाण (quantity) प्रविष्ट गर्न सक्नुहुन्छ ।
- आवश्यक परेमा फिर्ता रकम समायोजन(adjust) गर्न सक्नुहुन्छ ।
- वैकल्पिक रूपमा फिर्ता टिप्पणी (return note) थप्न सक्नुहुन्छ ।

फिर्ता गरिएको वस्तु:
- भण्डारण (ईन्भेन्टरी) बाट हटाइन्छ ।
- ग्राहकको लेजरमा देखिन्छ ।
- बिक्री तथा कर प्रतिवेदन (tax reports)मा ट्र्याक गरिन्छ ।
सम्पूर्ण बिक्री फिर्ता गर्ने प्रक्रिया
यदि सम्पूर्ण बिक्री उल्ट्याउन आवश्यक छ भने:
- नयाँ बिक्री फिर्ता New Sales Return बटनमा क्लिक गर्नुहोस् ।
- मोडल खुल्छ जहाँ तपाईंले:
- फिर्ता परिमाण तथा मूल्य प्रविष्ट गर्न सक्नुहुन्छ ।
- फिर्ता टिप्पणी वा कारण उल्लेख गर्न सक्नुहुन्छ ।
- फिर्ता पुष्टि गर्न सक्नुहुन्छ ।

बिक्री फिर्ता कसरी व्यवस्थापन गरिन्छ
प्रत्येक फिर्ता कार्यले:
- भण्डारण(ईन्भेन्टरी)/स्टक स्वचालित रूपमा समायोजन गर्छ,
- ग्राहकको लेजर अद्यावधिक(Updates) गर्छ,
- नाफा, कर तथा वित्तीय प्रतिवेदनमा परावर्तित हुन्छ,
- फिर्ता रकम वा बाँकी समायोजन ट्र्याक गर्छ,
फिर्ता कार्यहरू मूल बिलसँग (लिंक) जोडिन्छन् , जसले पूर्ण पत्ता लगाउने क्षमता (ट्रेसबिलिटी) सुनिश्चित गर्दछ ।
सारांश
बटुली को बिक्री फिर्ता प्रणालीले तपाईंलाई:
- ग्राहक फिर्ता सहज रूपमा व्यवस्थापन गर्न सक्नुहुन्छ ।
- वित्तीय अभिलेखमा पारदर्शिता कायम राख्न सक्नुहुन्छ ।
- भण्डारण/स्टक यथार्थ राख्न सक्नुहुन्छ ।
- सबै लेजर प्रविष्टि तथा समायोजन स्वचालित गर्न सक्नुहुन्छ ।
कुनै पनि म्यानुअल सम्पादन वा अन्योल बिना सिर्फ केही क्लिकमा तपाईं ले स्वयं गर्न सक्नुहुन्छ ।