Skip to content

खरिद दर्ता

खरिदहरू सिर्जना गर्नु र व्यवस्थापन गर्न बटुली मा तपाईंले सरल तथा सुरक्षित वातावरण पाउनु हुन्छ साथै तपाईंले गर्ने प्रत्येक प्रविष्टि स्वचालित रूपमा अभिलेख गरिन्छ र तपाईंको सूची, प्रतिवेदनहरू तथा सप्लायर्स खातामा प्रतिबिम्बित हुन्छ,जसले कार्य सञ्चालनलाई सहज र पारदर्शी बनाउँदछ ।


खरिद पृष्ठमा जाने तरिका

सुरु गर्न,साइडबारबा खरिद Purchases विकल्पमा क्लिक गर्नुहोस्।

Sidebar - Purchases

यसले खरिद सूची पृष्ठ खोल्नेछ, जसमा तपाईंका अघिल्ला सबै खरिद बीजकहरू(ईनभोइस) देख्न सक्नुहुन्छ ।


खरिद सूचीको संक्षिप्त विवरण

यो पृष्ठमा पहिले तयार गरिएका सबै खरिद बीजकहरू(ईनभोइस) देखिन्छन्।

Purchase List Page

विशेषताहरू:

  • हेर्न मात्र मिल्ने(View Only): लेखापरीक्षणको प्रमाण सुरक्षित गर्नु पर्ने भएकाले खरिदहरू मेटाउन मिल्दैन
  • प्रत्येक पंक्तिमा मुख्य विवरणहरू देखिन्छन्:सप्लायर्स (supplier), मिति (date), रकम (amount), तथा भुक्तानी स्थिति (payment status)

नयाँ खरिद सिर्जना गर्ने प्रक्रिया

New Purchase बटनमा क्लिक गर्दा खरिद प्रविष्टि फारम खुल्ने छ ।

New Purchase Page

नयाँ खरिद सिर्जना गर्ने चरणहरू:

  1. आपूर्तिकर्ता चयन गर्नुहोस् (Select Supplier)

    • ड्रपडाउनबाट चयन गर्नुहोस्
    • वा यही पृष्ठबाट नयाँ आपूर्तिकर्ता सिर्जना गर्नुहोस्
  2. खरिद विवरण प्रविष्ट गर्नुहोस् (Enter Purchase Details)

    • बीजक (ईनभोइस) नम्बर (Invoice Number)
    • खरिद मिति (Purchase Date) (मिति चयन उपकरण (date picker) बाट चयन गर्नुहोस्)
  3. उत्पादनहरू (प्रोडक्ट्स) थप्नुहोस्

    • ड्रपडाउनबाट उपलब्ध उत्पादनहरू चयन गर्नुहोस्
    • वा त्यहिँबाट इनलाइन रूपमा नयाँ उत्पादन छिटो सिर्जना गर्नुहोस्
    • निम्न कुराहरू लेख्नुहोस्:
      • परिमाण (Quantity)
      • दर(Rate)
      • छुट (Discount) (वैकल्पिक)
      • कर (Tax) (वैकल्पिक)
  4. भुक्तानी विधि चयन गर्नुहोस् (Select Payment Method)

    • पूर्ण भुक्तानी (Full Payment): सम्पूर्ण बीजक(invoice) रकम तिर्नुहोस्
    • अर्ध भुक्तानी (Half Payment): आंशिक रकम प्रविष्ट गर्नुहोस्
    • पूर्ण बक्यौता (Full Due): सम्पूर्ण बीजक (invoice) बक्यौता (due) रूपमा चिन्हित गर्नुहोस्
  5. चयन गर्नुहोस्:

    • सिर्जना गरी Create मा क्लिक फारम बन्द गरी खरिद सुरक्षित गर्नुहोस्
    • वा Create and Add Another मा क्लिक गरी फारम बन्द नगरी थप खरिदहरू जारी राख्नुहोस्

प्रत्येक खरिद प्रविष्टि स्वचालित रूपमा निम्न अवस्थामा थपिन्छन्:

  • भण्डारण (ईन्भेन्टरी स्टक )स्तरहरूमा
  • सप्लायर्स लेजर (आपूर्तिकर्ता खाता पुस्तिकामा)
  • वित्तीय प्रतिवेदनहरूमा

खरिद फिर्ता

बाटुली ले प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा वा आंशिक रूपमा, खरिद गरिएका वस्तुहरू सजिलै फिर्ता गर्न अनुमति दिन्छ । यदि तपाईंले बिग्रिएको सामान प्राप्त गर्नुभएको छ, गलत वस्तुहरू आएका छन्, वा भण्डारण(ईन्भेन्टरी) समायोजन गर्न आवश्यक छ भने, तपाईंले खरिद इनभ्वाइसबाटै सो प्रक्रिया गर्न सक्नुहुन्छ।


खरिद बीजक (इनभ्वाइस) विवरण हेर्ने

खरिद(Purchases) सूचीबाट कुनै पनि बीजक (इनभ्वाइस) पङ्क्तिमा क्लिक गर्दा सो बीजक (इनभ्वाइस) को पूर्ण विवरण खुल्नेछ।

Purchase Invoice Details

तपाईंले निम्न विवरणहरू देख्न सक्नुहुन्छ:

  • खरिद गरिएका वस्तुहरूको विस्तृत विवरण
  • परिमाण (Quantities), दर (rates), कर (taxes), छुट (discounts)
  • बीजक (इनभ्वाइस) सम्बन्धी जानकारी: आपूर्तिकर्ता (supplier), मिति( date), बीजक नम्बर (invoice number)
  • Print Invoice विकल्प - साझा गर्न (share) वा अभिलेख (record) राख्नका लागि

व्यक्तिगत वस्तु फिर्ता गर्ने

खरिदबाट कुनै एक वस्तु फिर्ता गर्न:

  1. फिर्ता गर्न चाहेको वस्तुको छेउमा रहेको Return Product बटनमा क्लिक गर्नुहोस्
  2. सानो मोडल वा इनलाइन विकल्प देखिन्छ, जहाँ तपाईंले निम्न विवरणहरू प्रविष्ट गर्न सक्नुहुन्छ:
    • फिर्ता गर्ने परिमाण (Quantity to Return)
    • फिर्ता रकम (Return Amount)
    • वैकल्पिक रूपमा फिर्ता टिप्पणी थप्न (Return Note) सकिने

पेश गरेपछि:

  • वस्तु फिर्ता गरिएको रूपमा चिन्हित गरिन्छ
  • भण्डारण (ईन्भेन्टरी) स्तर स्वचालित रूपमा समायोजन गरिन्छ
  • आपूर्तिकर्ता खाता पुस्तिका (सप्लायर्स लेजर) फिर्तासँग अद्यावधिक (अपडेट) गरिन्छ

सम्पूर्ण बीजक (इनभ्वाइस) फिर्ता गर्ने

सम्पूर्ण खरिद फिर्ता गर्न:

  1. बीजक (इनभ्वाइस) विवरण पृष्ठमा रहेको New Purchase Return बटनमा क्लिक गर्नुहोस्
  2. एउटा मोडल देखा पर्नेछ, जहाँ तपाईंले निम्न विवरणहरू प्रविष्ट गर्न सक्नुहुन्छ:
    • सबै वा चयन गरिएका वस्तुहरूको फिर्ता परिमाण (return quantities)
    • रकमको पुष्टि (Confirm amounts)
    • सामान्य फिर्ता टिप्पणी थप्ने (general return note)

Full Purchase Return Modal

प्रक्रिया पूरा भएपछि:

  • सबै वस्तुहरू फिर्ता गरिएको रूपमा चिन्हित गरिन्छ
  • खाता पुस्तिका (Ledger) र प्रतिवेदनहरूमा (reports) फिर्ता प्रतिबिम्बित हुन्छ
  • आवश्यकताअनुसार फिर्ती रकमसहित वा बिना, फिर्ता रकम अभिलेख(record) गरिन्छ

फिर्ता वस्तु को सारांश र अनुगमन (ट्र्याकिङ)

सबै खरिद फिर्ताहरू:

  • मूल खरिद बीजक (इनभ्वाइस) सँग जोडिएका (लिंक) गरिएका हुन्छन् -स्वचालित रूपमा निम्न कुराहरू मा प्रतिबिम्बित हुन्छन्:
    • आपूर्तिकर्ता खाता पुस्तिका (सप्लायर्स लेजर)
    • भण्डारण (ईन्भेन्टरी) स्तरहरू
    • वित्तीय तथा कर सम्बन्धी प्रतिवेदनहरू

बटुली सँग, प्रत्येक फिर्ता ट्र्याक गर्न सकिन्छ र व्यवस्थित रूपमा अभिलेख गर्न सकिन्छ जसले गर्दा तपाईंको सञ्चालनलाई सफा राख्दछ र अभिलेखहरूलाई नियमनअनुकूल बनाउँदछ ।

बटुली सँग, तपाईंले खर्च गरिएको प्रत्येक रुपैयाँ सजिलै र सही रूपमा ट्र्याक गर्न सक्नुहुन्छ।