Skip to content

प्रोडक्ट बनाउने र धेरै प्रोडक्ट एकैचोटि (Bulk) अपलोड ​

युनिट र क्याटेगोरी सेट गरिसके पछि अब तपाईंले एक-एक गरी वा सबै उत्पादन/प्रोडक्टहरू एकै पटक अपलोड गर्न सक्नुहुन्छ ।

Product Page

एक-एक गरि प्रोडक्ट थप्ने प्रक्रिया ​

केही थोरै प्रोडक्टहरू म्यानुअल रूपमा थप्न चाहनुहुन्छ भने यो विधि प्रयोग गर्न सक्नुहुन्छ ।

Product Page

  1. New Product मा क्लिक गर्नुहोस्
  2. प्रोडक्टको विवरण भर्नुहोस्:
    • श्रेणी/क्याटेगरी Category
    • स्टकको प्रकार Stock Type (जस्तै: Service/Product)
    • उत्पाद नाम Product Name
    • युनिट Unit
    • मूल्य Price
    • विवरण Description
  3. Createमा क्लिक गरेर सेभ गर्नुहोस्।

धेरै प्रोडक्ट एकैपटक अपलोड गर्ने तरिका ​

हाम्रो एक्स एल (Excel) फारम प्रयोग गरेर सबै प्रोडक्ट सूची एकैचोटि अपलोड गरेर आफ्नो अमूल्य समय वचत गर्न सक्नुहुन्छ ।

Product Page

  1. Import Productsमा क्लिक गर्नुहोस्
  2. नमूना Excel फाइल डाउनलोड गर्नुहोस्
  3. यसमा आफ्नो प्रोडक्टको सूची भर्नुहोस् जसमा निम्न कुराहरू समावेश गर्नुपर्ने हुन्छ:
    • प्रोडक्ट को नाम(Product Name)
    • क्याटेगरी (Category)
    • युनिट (Unit)
    • स्टक (Stock)
    • मूल्य (Price)
  4. फाइल अपलोड गरेर सबै प्रोडक्ट एकैचोटि थप्न सक्नुहुन्छ ।

यसरी थपिएका प्रोडक्टहरू तुरुन्तै बाटुली भित्र ट्र्याक, बिक्री र रिपोर्ट गर्न सक्नुहुन्छ ।