प्रोडक्ट बनाउने र धेरै प्रोडक्ट एकैचोटि (Bulk) अपलोड
युनिट र क्याटेगोरी सेट गरिसके पछि अब तपाईंले एक-एक गरी वा सबै उत्पादन/प्रोडक्टहरू एकै पटक अपलोड गर्न सक्नुहुन्छ ।

एक-एक गरि प्रोडक्ट थप्ने प्रक्रिया
केही थोरै प्रोडक्टहरू म्यानुअल रूपमा थप्न चाहनुहुन्छ भने यो विधि प्रयोग गर्न सक्नुहुन्छ ।

- New Product मा क्लिक गर्नुहोस्
- प्रोडक्टको विवरण भर्नुहोस्:
- श्रेणी/क्याटेगरी Category
- स्टकको प्रकार Stock Type (जस्तै: Service/Product)
- उत्पाद नाम Product Name
- युनिट Unit
- मूल्य Price
- विवरण Description
- Createमा क्लिक गरेर सेभ गर्नुहोस्।
धेरै प्रोडक्ट एकैपटक अपलोड गर्ने तरिका
हाम्रो एक्स एल (Excel) फारम प्रयोग गरेर सबै प्रोडक्ट सूची एकैचोटि अपलोड गरेर आफ्नो अमूल्य समय वचत गर्न सक्नुहुन्छ ।

- Import Productsमा क्लिक गर्नुहोस्
- नमूना Excel फाइल डाउनलोड गर्नुहोस्
- यसमा आफ्नो प्रोडक्टको सूची भर्नुहोस् जसमा निम्न कुराहरू समावेश गर्नुपर्ने हुन्छ:
- प्रोडक्ट को नाम(Product Name)
- क्याटेगरी (Category)
- युनिट (Unit)
- स्टक (Stock)
- मूल्य (Price)
- फाइल अपलोड गरेर सबै प्रोडक्ट एकैचोटि थप्न सक्नुहुन्छ ।
यसरी थपिएका प्रोडक्टहरू तुरुन्तै बाटुली भित्र ट्र्याक, बिक्री र रिपोर्ट गर्न सक्नुहुन्छ ।