Skip to content

बिक्री (POS प्रविष्टि)

बटुली को POS स्क्रिन व्यवसायको आकार जे भए पनि बिक्री प्रक्रिया छरितो, सहज र लचिलो बनाउने उद्देश्यले डिजाइन गरिएको छ, यदि तपाईं उत्पादन वा सेवा बिक्री गर्दै हुनुहुन्छ भने, POS स्क्रिनबाट एकै स्थानमा बिक्री सम्पन्न गर्न, छुट/कर लागू गर्न, र भुक्तानी व्यवस्थापन गर्न सक्नुहुन्छ ।


POS स्क्रिन मा पुग्ने तरिका

साइडबारबाट Sales POS मा क्लिक गरी मुख्य बिक्री स्क्रिनमा प्रवेश गर्नुहोस्।

POS Menu


POS मुख्य स्क्रिनको अवलोकन

POS स्क्रिनमा एकै पृष्ठमा कारोबार सम्पन्न गर्न आवश्यक सबै सुविधा उपलब्ध हुन्छन् ।

POS Screen

प्रमुख कार्यहरू::

  • उत्पादन (प्रोडक्ट) खोजी(Product Search): नाम (name), बारकोड (barcode) वा कोड (code)द्वारा खोजी गर्न सकिने
  • श्रेणी (क्याटागोरी) दृश्य (Category View) : क्लिक गर्न मिल्ने उत्पादन कोटिहरू
  • उत्पादन ग्रिड (Product Grid): छवि वा नामद्वारा (image/name) उत्पादन चयन गर्न सकिने
  • डायनामिक कार्ट (Dynamic Cart): क्लिक गर्दा उत्पादनहरू स्वतः कार्टमा थपिने
  • इनलाइन सम्पादन (Inline Edit): मूल्य (price), परिमाण (quantity), छुट (discount) वा कर (tax) चेकआउट अघि अद्यावधिक(Update) गर्न सकिने
  • ग्राहक चयन(Customer Selection):सूचीबाट ग्राहक चयन वा मोडल प्रयोग गरी नयाँ ग्राहक थप्न सकिने

उत्पादन वा ग्राहक तत्काल थप्ने सुविधा

स्क्रिन छोड्न आवश्यक छैन। तपाईं मोडल प्रयोग गरी तुरुन्तै उत्पादन वा ग्राहक थप्न सक्नुहुन्छ।

Add Product Modal

Add Customer Modal

यसले कार्यप्रवाहलाई छरितो र अवरोधरहित बनाउँदछ ।


कार्टमा वस्तु सम्पादन गर्ने तरिका

Add Customer Modal

कार्टमा रहेका प्रत्येक उत्पादनलाई प्रत्यक्ष सम्पादन(edit) गर्न सकिन्छ::

  • परिमाण परिवर्तन गर्ने (Change quantity)
  • मूल्य समायोजन गर्ने (Adjust price)
  • प्रति वस्तु छुट थप्ने (Add per-item discount)

यसले अतिरिक्त चरण बिना पूर्ण नियन्त्रण सुनिश्चित गर्दछ ।


चेकआउट र भुक्तानी प्रक्रिया

बिक्री पूरा गर्न Checkout बटनमा क्लिक गर्नुहोस्।

Payment Modal

भुक्तानी विकल्पहरू:

  • पूर्ण भुक्तानी (Full Payment)
  • आंशिक भुक्तानी (Partial Payment)
  • पूर्ण बक्यौता (Full Due)
  • भुक्तानी विधिहरू (Payment Methods): नगद, बैंक, QR, चेक आदि (Cash, Bank, QR, Cheque, etc)।

इनभ्वाइस बनाउनु अघि भुक्तानी विधि चयन गर्न सकिन्छ सक्नुहुन्छ र साथै सबै भुक्तानीहरू निम्न रिपोर्टहरूमा स्वतः प्रतिबिम्बित हुन्छन्:

  • बिक्री रिपोर्ट (Sales Report)
  • ग्राहक खाता (Customer Ledger)
  • भुक्तानी रिपोर्टहरू (Payment Reports)

सारांश

बटुली को POS प्रयोग गर्दा:

  • तपाईं छिटो र स्मार्ट रूपमा बिक्री गर्न सक्नुहुन्छ
  • ग्राहक, उत्पादन, मूल्य लगायत सबै तत्वहरू गतिशील हुन्छन्
  • पृष्ठ रिफ्रेश वा स्विच गर्न आवश्यक पर्दैन
  • वास्तविक समयको बिक्री डेटा, भुक्तानी ट्र्याकिङ, र रिपोर्टिङ स्वतः व्यवस्थापन हुन्छ

सरल, शक्तिशाली, र सबै स्क्रिन आकार तथा व्यवसाय प्रकारका लागि अनुकूलित।