Skip to content

ईन्भेन्टरी(जिन्सी/सूची) तथा स्टक समायोजन

तपाईंले वास्तविक समयमा स्टकको स्तर प्रत्यक्ष रूपमा व्यवस्थापन गर्न सक्नुहुन्छ, साथै क्षति, अडिट वा फिर्तीको अवस्थामा आवश्यक परेमा म्यानुअल समायोजन पनि गर्न सक्नुहुन्छ ।

Inventory Page

ईन्भेन्टरी पेजबाट तपाईंले निम्न कार्यहरू गर्न सक्नुहुन्छ:

  • सबै सामानको हालको स्टक स्थिति हेर्न सक्नुहुन्छ ।
  • कुन वस्तुहरू स्टकमा छन्, कम छन् वा सकिएका छन् भनेर निगरानी गर्न सक्नुहुन्छ ।
  • क्याटेगरी(श्रेणी) वा युनिट(एकाइ) अनुसार उत्पादनहरू खोज्नुहोस् र फिल्टर गर्न सक्नुहुन्छ ।

स्टक समायोजन

के साँच्चै तपाईंलाई स्टक म्यानुअल रूपमा सुधार गर्न आवश्यक छ? यदि त्यसो हो भने,स्टक समायोजन Stock Adjustment विकल्पको प्रयोग गर्न सक्नुहुन्छ ।

Inventory Page

त्यहाँ तपाईंले के-के गर्न सक्नुहुन्छ त:

  • सामानको मात्रा बढाउन वा घटाउन सक्नुहुन्छ ।
  • समायोजनको कारण वा टिप्पणी नोट थप्न सक्नुहुन्छ (जस्तै: क्षति भएका वस्तुहरू, स्टक सुधार) ।
  • सबै समायोजनहरू रेकर्डमा बस्छन जसले पछि ट्रेस गर्न सजिलो बनाउँछ ।

यसरी तपाईंले आफ्नो स्टक सधैं सटिक र अद्यावधिक राख्न सक्नुहुन्छ, जसले गर्दा अनुमान गर्नुपर्ने वा हातले गन्दा हुने गल्तीहरू हुन पाउँदैनन् ।