खर्च व्यवस्थापन
व्यापारका खर्चहरू ट्र्याक गर्नु तपाईंका लागि अति आवश्यक हुन्छ, र बाटुलीले यसलाई अत्यन्तै सरल बनाइदिन्छ । तपाईंले प्रत्येक व्यापारिक खर्च रेकर्ड गर्न, श्रेणीकरण गर्नका साथै बाह्य स्प्रेडसिट वा कागजातबिनै आफ्नो हिसाब सफा राख्न सक्नुहुन्छ ।
खर्चमा पहुँच
खर्च व्यवस्थापन सुरु गर्नका लागि:
- साइडबारमा रहेको "Expenses" मेनुमा क्लिक गर्नुहोस् ।

यहाँ देखिने कुराहरु:
- तपाईंले रेकर्ड गरेर राख्नुभएका सबै खर्चहरुका सूची
- अङ्कित मिति नाम र प्रकार
- छिटो अनि सजिलो फिल्टर र छान्न मिल्ने बिकल्पहरु
नयाँ खर्च थप्ने प्रक्रिया
नयाँ खर्च थप्नका लागि:
- माथि दायाँपट्टि रहेको "New Expense" बटनमा क्लिक गर्नुहोस्।
- सामान्य विवरणहरू भर्ने ठाउँ भएको मोडल विन्डो देखिनेछ:
- खर्चको नाम — जस्तै, बिजुलीको बिल, इन्टरनेट सब्स्क्रिप्सन, यात्रा, आदि।
- खर्चको श्रेणी — सूचिबाटै छान्न पनि सक्नुहुन्छ, अथवा अलग्गै व्यवस्थित पनि गर्न सक्नुहुन्छ ।

- Create क्लिक गरेर सेभ गर्न सक्नुहुन्छ, वा Create and Add Another क्लिक गरेर एकैपटक धेरै खर्चहरू रेकर्ड गर्न सक्नुहुन्छ ।
खर्चको श्रेणी
खर्चको श्रेणी व्यवस्थापन वा आफ्नो हिसाबले अनुकूल बनाउन:
- आफ्नो सिस्टमको भर्सनअनुसार सेटिङ्स Settings वा मास्टर डाटा Master Data मा जानुहोस्।
- यस्ता श्रेणीहरू थप्न/फेरबदल गर्न सक्नुहुन्छ:
- युटिलिटीज
- मार्केटिङ
- अफिस आपूर्ति
- भाडा
- तलब
- विविध(अन्य)
यसले तपाईंको रिपोर्टहरू व्यवस्थित गर्न र सरलता का साथ हिसाब किताब बुझ्न मद्दत गर्दछ ।
खर्च ट्रयाक गर्न किन आवश्यक छ त
बाटुलीको खर्च मोड्युल प्रयोग गरेर तपाईंले गर्नू सक्ने कार्यहरू:
- दैनिक, मासिक वा अनुकूलित अवधिका खर्चहरूमा निगरानी राख्न सक्नुहुन्छ
- बजेट निर्णयहरू सुधार गर्न सक्नुहुन्छ
- पैसा कहाँ खर्च भइरहेको छ थाहा पाउन सक्नुहुन्छ ।
- मिलेको नाफा-नोक्सान रिपोर्ट बनाउन सक्नुहुन्छ
सरल। स्पष्ट। आवश्यक।
बाटुली प्रयोग गरेर अब तपाईंलाई बाह्य स्प्रेडसिट/एक्स एल वा कागजी झन्झट मा नपरिकन केही क्लिकमै आफ्नो खर्च नियन्त्रण गर्न सक्नुहुन्छ ।