Skip to content

ग्राहक व्यवस्थापन

बाटुलीमा तपाईंलाई ग्राहक व्यवस्थापन गर्न अत्यान्त सरल र सहज छ । यहाँ तपाईंले एकै ठाउँबाट नयाँ ग्राहक थप्न, ट्रयाक गर्न, व्यवस्थापन गर्न, तिनीहरूलाई समूहमा राख्न , लेजर हेर्न, र बक्यौता भुक्तानी व्यवस्थापन आनन्दले गर्न सक्नुहुन्छ ।


ग्राहक सूचीमा पुग्ने तरिका

साइड बार मा रहेको customers मा क्लिक गरि तपाईंले बनाउनु भएको सबै ग्राहकहरुको सुचिमा जान सक्नुहुन्छ ।

Customer Sidebar


ग्राहक सूची अवलोकन

ग्राहक सूचीमा तपाईंले हालसम्म राख्नु भएका सबै ग्राहकहरु हेर्न सक्नुहुन्छ ।

Customer List

सुविधाहरू:

  • ग्राहक सम्पादन Edit गर्न वा हटाउन Delete गर्न सक्नुहुन्छ ।
  • बक्यौता तिर्ने Pay Due: तुरुन्त बक्यौता तिर्न सक्नुहुन्छ ।
  • लेजर Ledger: सो ग्राहकको लेनदेन इतिहास हेर्न सक्नुहुन्छ ।

नयाँ ग्राहक थप्ने प्रक्रिया

New Customer बटनमा क्लिक गरेर सजिलै नयाँ ग्राहक थप्न सक्नुहुन्छ ।

Add Customer Page

आवश्यक विवरणहरू:

  • ग्राहकको नाम Customer Name
  • फोन नम्बर Phone Number
  • VAT नम्बर VAT Number (ऐच्छिक)
  • ठेगाना Address
  • ग्राहकको तस्वीर Profile Image (ऐच्छिक)
  • समूहमा राख्ने Assign to Group (ऐच्छिक)

अथवा तपाईं यसरी गर्न सक्नुहुन्छ:

  • Create क्लिक गरेर ग्राहक थप्न सक्नुहुन्छ ।
  • वा Create and Add Another क्लिक गरेर क्रमशः धेरै ग्राहक थप्दै जान सक्नुहुन्छ ।

धेरै ग्राहक एकैपटक थप्ने प्रक्रिया

Excel प्रयोग गरेर सजिलै धेरै ग्राहकहरू अपलोड गर्न सक्नुहुन्छ ।

चरणहरू:

  1. नमूना एक्स एल(Excel) टेम्पलेट डाउनलोड गर्नुहोस् ।
  2. आवश्यक ग्राहक विवरणहरू भर्नुहोस् ।
  3. तयार फाइल अपलोड गर्नुहोस् ।
  4. सबै विवरणहरू प्रणालीमा स्वचालित रूपमा थपिनेछन् ।

ग्राहक बक्यौता भुक्तानी विधि

प्रत्येक ग्राहकको लाइनमा Pay Due बटन हुन्छ।

Pay Due - Customer

यहाँबाट तपाईं निम्न कार्यहरु गर्न सक्नुहुन्छ

  • प्राप्त भएको रकम हाल्न सक्नुहुन्छ ।
  • नगद बुझि लिएको विधि चयन गर्नुहोस् (नगद, बैंक आदि) ।
  • कारोबार भएको पुष्टि गर्न सक्नुहुन्छ ।

ग्राहकको लेजर हेर्ने विधि

Pay Due बटनको दायाँपट्टि Ledger बटन हुन्छ।

Customer Ledger

यहाँ तपाईंले पूर्ण विवरण हेर्न सक्नुहुन्छ:

  • बिक्री (Sales)
  • फिर्ता (Returns)
  • प्राप्त भुक्तानी (Payments received)
  • बाँकी रकम (Outstanding balances)

व्यक्तिगत ग्राहक विवरण हेर्ने तरिका

तपाईंले सूचीमा कुनै पनि ग्राहकमा क्लिक गर्दा ग्राहक विवरण पृष्ठ (Customer Detail Page) खुल्छ।

Customer Detail Page

यसमा तपाईं निम्न कुराहरू देख्न सक्नुहुन्छ:

  • सो ग्राहकसँग सम्बन्धित सबै बिक्री सूची sales
  • कुनै पनि बाँकी बिलहरू due invoices स्पष्ट रूपमा चिन्हित
  • व्यक्तिगत इनभ्वाइस तुरुन्त तिर्ने सुविधा pay individual invoices
  • कुल खरीद, फिर्ता, भुक्तानी, र हालको ब्यालेन्सको सारांश

बाटुलीको यो ग्राहक व्यवस्थापन प्रणाली प्रयोग गरेर तपाईं सजिलै प्रत्येक कारोबारको अभिलेख राख्न सक्नुहुन्छ र पारदर्शिता तथा सहजतासँग दीर्घकालीन ग्राहक सम्बन्ध निर्माण गर्न सक्नुहुन्छ।