Skip to content

ग्राहक समूह व्यवस्थापन

बाटुली प्रयोग गरेर तपाईंले ग्राहकहरुलाई विभिन्न क्षेत्र, किनमेल गर्ने बानी,वा ग्राहकको प्रकार अनुसार वर्गिकरण गरि फरक-फरक समुहमा विभाजन सक्नुहुन्छ । यसरी ग्राहकलाई बिभाजन गरेर काम गर्दा तपाईंलाई ग्राहकसँग सम्बन्ध बनाउन सजिलो हुनुका साथै उनिहरु लाई बुझ्न पनि सजिलो हुने गर्दछ।


ग्राहक समूह कसरी खोल्ने?

साइड बार मा गएर Customer Groups मा क्लिक गर्नुहोस ।

Customer Group - Sidebar

यहाँ तपाईंले तयार पार्नु भएको ग्राहक समुहहरूको सुचि देखिनेछ ‌।


ग्राहक समूहहरूको सूची

यहाँ आएर तपाईंले पहिले तयार पार्नु भएको सबै समुहहरु एक साधारण टेबल मा हेर्न सक्नुहुन्छ ।

Customer Group List

प्रत्येक पंक्तिमा निम्न विवरणहरू समावेश भएका हुन्छन् :

  • समूहको नाम (Group Name)
  • सो समूहमा रहेका ग्राहकहरूको संख्या (ऐच्छिक)
  • कार्यहरू (Actions): सम्पादन Edit वा हटाउन Delete

नयाँ ग्राहक समूह कसरी थप्ने?

New Customer Group बटनमा क्लिक गरेर तपाईंले नयाँ समूह थप्न सक्नुहुन्छ ।

Add Customer Group Modal

एउटा मोडल(modal) खुल्ने छ, जसमा हुन्छ:

  • समुहको नाम(Group Name) लेख्ने ठाउँ

यहाँ तपाईं:

  • Create मा क्लिक गरेर समूह सेभ गर्न सक्नुहुन्छ ।
  • वा Create and Add Another मा क्लिक गरेर तपाईंले एकपछि अर्को समूह छिटो थप्न सक्नुहुन्छ ।

ग्राहक समूह बनाउँदा तपाईंले पाउने फाइदाहरू:

  • तपाईंलाई अफरहरू लक्षित गर्न सजिलो हुन्छ।
  • समूह अनुसार ग्राहकहरूको व्यवहार बुझ्न सक्नुहुन्छ ।
  • सेवा स्तर (service level) अनुसार फरक व्यवहार गर्न सक्नुहुन्छ ।
  • ट्रयाकिङ र रिपोर्टिङ तपाईंले सहज र प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ ।

ग्राहक समूह अनिवार्य भने छैन, तर यदि तपाईंका धेरै नियमित ग्राहकहरू छन् भने चाहिँ प्रयोग गर्नु हुँन सिफारिस गर्दछौं ।